छुटिरहेको छ जिन्दगी …..

धुवां जस्तै उडिरहेको छ जिन्दगी ।
गाडी जस्तै गुडिरहेको छ जिन्दगी ।।

आसै आसको त्यान्द्रा बुन्दै धर्तीमा ।
आफ्नाहरु संग छुटिरहेको छ जिन्दगी ।।

कयौं मिठा रहरहरुको बाकस बनाइ ।
सपनामा जिउन जुटिरहेको छ जिन्दगी ।।

तर्तरी पसिनाका धारा दिनमा बगाएनी ।
रातमा अभाबले टुटिरहेको छ जिन्दगी ।।
निरोज बुढाथोकी