सांस्कृतिक संघ द्वारा सम्मान कार्यक्रमको आयोजना

नेपाल सास्कृतिक संघ ओखलढुंगाद्वारा पत्रकार बाला अधिकारी,हिलारिबन्धु भुजेल सुवास तमाडं सम्मानित भएका छन्

नेपाल सांस्कृतिक संघ ओखलढुंगाले  नेपाल पत्रकार महासघंको केन्द्रिय उपाध्यक्षमा अत्याधिक बहुमतका साथ बाला अधिकारी निर्वाचितभएकोमा,भर्खरै संपन्न जनजाती युवा महासघंको केन्द्रीय उपाध्यक्षमा हिलारिबन्धु निर्बाचित भएकोमा जनजाती युवा महासघंको केन्द्रीयसदस्यमा सुबास तामाङ निर्बाचित भएकोमा सम्मान गरेको हो।

चैत्र २८ गते शनिबार नेपाल सास्कृतिक संघ ओखलढुंगा कार्यसमितीले नेपाली कांग्रेस ओखलढुंगाका उपसभापति तेजेन्द्र खनालको प्रमुख आतिथ्त्यतामा भब्य सम्मान कार्यक्रमको आयोजना गरेको छ।आयोजित सम्मान कार्यक्रममा सम्मानित भएकी पत्रकार  महासंघकी नबनिर्बाचित उपाध्यक्ष बाला अधिकारी,तरुण दल ओखलढुंगाका सभापति प्रबिण राइ,नेबिसंघ ओखलढुंगाकाका सभापति रोशन महतरा लगाएतका ब्यक्तिहरु बिषेश अथिति रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तेजेन्द्र खनालले नेपाल सांस्कृतिक संघ २०६०साल देखि नै ओखलढुंगामा  स्थापित गरिएको भएतापनि तेति धेरै काम गर्न नसकेकोले यस्को पहिचान आम ओखलढुंगेली लाइ नभएको  अनुभुति भएको तर नया कार्यसमिति चयन भएपछि मंचलाइ चलायमान बनाएर आम ओखलढुंगेली हरुको बिच पहिचान बनाइ यस्को गरिमा उचो बनाउने काम गरेर सांस्कृति संघ केहो भन्ने अरुलाइ प्रस्ट पार्न सकेको बताउनुभएको छ।अर्का बक्ता नेपाल बिध्यार्थिसंघ ओखलढुंगाका सभापति रोशन महतरा,तरुणदल सभापति प्रबिण राइ लगायकाका बक्ताहरुले सम्मानित ब्यक्तित्व हरुलाइ बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए।

   नेपाल सांस्कृतिक संघ ओखढुंगाको कार्यसमितिको अध्यक्षहिलारिबन्धु भुजेल, उपाध्यक्ष: गोपाल गिरी,सचिब:प्रसिद्द लोक दोहोरी गायक  बालकुमार श्रेष्ठ,सह सचिब:दिर्घ बराइली कोषाध्यक्ष: प्रदिप गुरुडं रहेको जानकारी कार्यक्रमका संचालक तथा संघका सचिब चर्चित लोकदोहोरी गायक बालकुमार श्रेष्ठले जानकारिदिए।
नयां कार्यसमितिको यो उर्जावान टिमले ओखलढुंगाका बिभिन्न कुना कन्दरमा लुकेर बसेका प्रतिभाहरुलाइ पहिचान गरि उर्जागर गरिदिने काममासहयोग पुर्याउने,ओखलढुंगाबाट प्रतिनिधित्व गर्दै राष्ट्रको जुनसुकै बिधामा सफलता हासिल गर्र्ने ब्यक्तित्व हरुलाइ हौसला प्रदान गर्ने जस्ता थुप्रैकाम गर्दै आइरहेको कलाको माध्यमबाट नेपालको मौलिक सांस्कृतीको जगेर्ना गर्ने जस्ता कुरा कुरा गर्दै आएको कुरा कार्यक्रमका सभापति हिलारिबन्धु भुजेलले  बताएका छन।