तास्मानियाले जित्यो एक्सर्पट अन्तर राज्य क्रिकेट प्रतियोगिताको उपाधि

 पुर्व नेपाली राष्ट्रीय टोलीका तेज बलर अमृत भट्टराइको नेतृत्वमा उत्रिएको तास्मानियाले भिक्टोरियालाई हराउदै एक्सर्पट त्रिकोणात्मक अन्तर राज्य क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
भिक्टोरियन नेप्लीज क्रिकेट संघको आयोजना तथा एनआरएन अस्ट्रेलिया खेलकुद समितीको सहसंयोजनमा मेलवर्न नजिकैको सुन्दर शहर जिलोङमा सन्चालित प्रतियोगितामा अस्ट्रेलियामा रहेका तिन राज्य भिक्टोरिया , तास्मानिया र न्युािउथवेल्सको सहभािगता रहेको थियो ।
लिग कम नकआउटका आधारमा सम्पन्न २० ओभरको खेलमा तास्मानियाले न्यु साउथवेल्स र भिक्टोरियालाई हराउदै फाइनलको यात्रा तय गरेको थियो भने न्यु साउथवेल्सलाई हराउदै भिक्टोरियाले फाइनलको यात्रा तय गरेको थियो ।
चिसो मौसम र घाम पानीको लुकामारीबिच सम्पन्न फाइनलमा पहिलो ब्यािटङगर्दै तास्मािनयाले निर्धारित २० ओभरमा ५ खेलाडी गुमाउदै एक सय ६० रनको बिशाल लक्ष्य खडा गरेको थियो । प्रतिउत्तरमा भिक्टोरिया भने १७.४ ओभरमा ६ खेलाडी गुमाउदै एक सय १५ रनको स्थीतीमा रहँंदा बर्षाले खेल बिथोलेपछि तास्मानिया डक वर्थ लुइसका आधारमा सहजै विजयी भएको थियो ।
पहिलो ब्याटिङ गरेको तास्मािनयाका युवा व्याट्सम्यान गोबिन्द कार्कीले ५१ रन जोडे भने सागरले ४१ रन, सन्दिपले २२ रन बनाए । भिक्टोरियाका बलरहरुले युत्सव पोखरेलले तिन विकेट र सन्जोग दाहालले २ विकेट लिएका थिए ।
प्रतिउत्तरमा भिक्टोरियाका ब्याट्सम्यानहरुमा सन्दिप यादवले ३६ रन, राज कुमार गुरुङले २२ रन, धिरज दासले १५ रन बनाए । तास्मानिका बलरहरुमा अमृत भट्टराइले दुइ विकेट र सन्दिपले  २ विकेट लिएका थिए ।
म्यान अफ दी म्याच र म्यान अफ दी सीरिज तास्मािनयाका गोबिन्द कार्की घोषित भए । उत्कृष्ट ब्याट्सम्यान भिक्टोरिया नेप्लीज क्रिकेट संघका विकेस श्रेष्ठ, बेष्ट बलरको उपाधि तास्मािनयाका सुरज थापा घोषित भए । उनले दुइ खेलमा ६ विकेट लिएका थिए । वेष्ट किपरमा तास्मानियाका किरण पाण्डे चुनिए ।
विजेतालाई नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र बितरण गरिएको थियो । एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंल, एनआरएन आइसीसी सदस्य दुर्गा आचार्य , जन सम्पर्क समितीका अध्यक्ष बिनित शर्मा , बिनोद लामा , प्रकाश थापा ,एनआरएन खेलुकद बिभागका सह संयोजक यशवन्त सुबेदी,भिक्टोरिया क्रिकेट संघका अध्यक्ष सुजित बस्नेत , जिलोङ नेप्लीज एशोसिएसनका अध्यक्ष निरज कारंजित जिलोङ नेपाली समाजका अगुवा सन्तोष पाण्डेले खेलाडीहरुलाई  नगद पुरस्कार अनि पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।
यसअघि प्रतियोगिताको उदघाटन गर्दै एनआरएनका महासचिब डा ज्ञानेन्द्र रेग्मीले उपाधि विजेतालाई आफ्नो ब्यक्तीगत तर्फवाट पाँंच सय डलर पुरस्कार घोषणा गर्दै आयोजकलाई नगद हस्तान्तरण गरेका थिए । महासचिब रेग्मीले मुलुकको प्रतिष्ठा अभिबृद्धी गर्ने महत्वपुर्ण माध्यमका रुपमा रहेका खेलकुद र खेलाडीलाई सम्मान गर्नु एनआरएनको दायित्व भएको जिकिर गरे ।
कार्यक्रममा एनआरएनका अध्यक्ष केशव कडेंलले जित र हार भन्दापनि आपसी भाइचारा र अनुशासीत बनाउन खेलकुदले महत्वपुर्ण योगदान गर्नेहुँंदा एनआरएनले यस्ताखाले प्रतियोगिता आयोजना गरेको बताए ।