अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शहरुको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्स(एका)ले सीड्नीमा प्रेश बिज्ञप्ती जारी गर्दै केहि अनलाइन सन्चारमाध्यमहरुले अस्ट्रेलियाको सिमा प्रतिवन्ध र विध्यार्थीहरुको आगमनका बिषयलाई लिएर केहि भ्रामक तथा आधारविहिन समाचार प्रकाशित गरी विध्यार्थी तथा अभिभावकहरुलाई समेत भ्रममा पारेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्ट्रेलियाको केन्द्रिय सरकारको आधिकारीक निर्णय बमोजिम अस्ट्रेलिया प्रवेशमा रोक बिषेश परिस्थीती बाहेक यही आउदो सन २०२१ को जुन १७ सम्मका लागि मात्र रहेको र यस बाहेक अस्ट्रेलिया प्रवेश र आगमनका सम्वन्धमा सरकारको अर्को कुनै निर्णय बाहिर नआएको सन्दर्भमा यस्तो समाचारलेअभिभावक तथा विध्यार्थी बर्गमा अन्यौलता छाएको एकाले जनाएको छ ।
अस्ट्रेलियन सरकारको आधिकारीक निर्णय नआइसकेको अवस्थामै यसको अपब्याख्या गरेर सन २०२४ सम्म अस्ट्रेलियन बोर्डर नखुल्ने र विध्यार्थी आगमनमा समेत रोक लाग्ने जस्ता समाचार आउनुमा कुनै आधार नरहेको एकाले जनाएको छ ।
कोरोनाको मारवाट प्रभावित बिश्व बिस्तारै सहज अवस्थामा जादैगर्दा अस्ट्रेलियाले पनि आफ्नो दरिलो आर्थिक श्रोतका रुपमा रहेको शैक्षिक उद्योगलाई सहजगती अगाडि बढाउन आवश्यक गृहकार्य गरिरहेको एकाले जनाएको छ । यसैबिच अस्ट्रेलियाका प्रमुख राज्यहरु एनएसडब्लु(सीड्नी) र भिक्टोरिया(मेलवर्न)ले केन्द्रिय सरकारलाई राज्यको स्वास्थ निती बमोजिम क्वारेन्टाइनको अनिवार्य शर्त सहित अन्तराष्ट्र्रिय विध्यार्थी ल्याउनका लागि विशेष आग्रह समेत गरिरहेको अवस्थामा बिना कुनै आधार प्रमाण अस्ट्रेलिया प्रवेशमा रोक लाग्न सक्ने जस्ता समाचारले विध्यार्थी र अभिभावक मात्र नभइ यस शैक्षिक उद्योगमा समेत प्रभाव पर्ने मनसाय राखिएको एकाले जनाएको छ ।
यही १३ अप्रीलमा सेभेन न्युज अस्ट्रेलियाले प्रशारण गरेको सामाग्रीमा सामान्य जनजिवनमा फर्कन अस्ट्रेलियालाई सन २०२४ सम्म लाग्न सक्ने बिशेषज्ञहरुको चेतावनी शिर्षकको समाचार प्रकाशित भएको तर सोही समाचारलाई अपब्याख्या गरेर सन २०२४ सम्म अस्ट्रेलिया विध्यार्थीहरुका लागि नखुल्ने मनशायको समाचार सम्प्रेषण हुनु आफैमा अपत्यारिलो भएको एकाले बिज्ञप्तीमा उल्ल्ेख गरेको छ । स्मरण रहोस अस्ट्रेलीयाले आफ्नो जनजीवन सामान्य बनाउने क्रममा यही सोमबार देखी बीना क्वारेन्टाईन न्युजिल्यान्डसँंगको सीमाना खुला गरीसकेको छ । यसै क्रममा पहीलो दीनमा १ सय २२ उडान भैसकेको छ ।यसैगरी सुरक्षीत तबरले क्वारेन्टाईन सर्त सहीत अन्य मुलुकमा समेत आफ्नो उड़ान थाल्ने समेत तयारी गरेको कुरा अध्यक्ष भुपाल सिटौला र महासचिब कोमलराज पाठकद्धारा जारी गरीएको बिज्ञप्तीमा जनाइएको छ ।
Australia’s international travel ban extended to June 2021 – Executive Traveller