कात्रो उघारी हेर्न नआउनु तिमीले ।

कात्रो उघारी हेर्न भनेर नआउनु तिमीले ।
सुनेपछि मलामि भनेर नधाउनु तिमीले ।।

हो आजन्मको सम्भन्ध टुटाएउ निर्दयी ।
मेरो घरमा जति पिडा नपाउनु तिमीले ।।

आखिर जिवनै त हो धरती छोडनु पर्छ ।
दुखै(दुखमा जिन्दगी नकटाउनु तिमीले ।।

टलपल गहभरी आँसु पारेर लाछमा ।
दोष के थियो खुसुक्क नबताउनु तिमीले ।। गौरव राई