“ब्लकचेन” पढने होइन किंगस्टनमा

मे देखि नया सत्र सुरु हुने

यतिखेर आधुनिक बिश्वको मुटुको धडकन बनेको छ सुचना प्रविधि । निदानुदिन यसको महत्व बढदैजाँंदा यसका अन्य प्रविधिहरुको पनि बिकास हुदैगइरहेका छन । यतिबेला भर्चुअल क्वाइनहरुको बिगबिगी भैरहेको बेलामा एप्लाइड ब्लकचेनजस्ता सुचना प्रविधिका नया कोर्षहरुले निकै महत्व पाएका छन । थोरै ठाँंउमा मात्र अध्यन अध्यापन हुने यो ब्लकचेनको डिप्लोमा र एडभान्स डिप्लोमा कोर्ष अहिले नेपालीद्धारा सन्चालित किंगस्टन इन्सिच्युट अस्ट्रेलियामा प्रारम्भ भैसकेको छ । यही मे इन्टेकदेखि यसको नया सत्र प्रारम्भ हुन लागेको कलेजका शिक्षा संकाय प्रमुख डा रबि पौडेलले बताए ।
यो अहिले अस्ट्रेलियाभरनै औलामा मात्र गन्न सकिने स्थानहरुमा मात्र पढाइने नया बिषयका रुपमा रहेको छ । यसमा ब्याचलर संकायको प्रारुप समेत तयार नभइसकेको अवस्थामा डिप्लोमा पढाइले नै राम्रो अवसर प्राप्त हुने कुरा डा.पौडेलले सुनाए । किंगस्टन इन्सिच्युट संभवत अस्ट्रेलियामै छैठौ एप्लाइड ब्लकचेन पढाउने कलेज हो र यसले नया संभावनाहरुको ढोका खोेलेको पौडेलको ठहर छ । यसमा नेपाल र अस्ट्रेलिया दुबैस्थानवाट पढाइको लागि आवेदन दिन सकिने छ ।
किंगस्टन इन्सिच्युट अस्ट्रेलियाले बिध्यार्थीहरुको हितलाई ध्यानमा राखेर नया उपलब्धीमुलक आधुनिक सुचना प्रविधिको कोर्ष एप्लाइड ब्लक चेन भित्राएको कलेजका प्रीन्सीपल दिपक खनालले बताए ।
अस्ट्रेलियाको प्रतिस्पर्धात्मक बजारमा ब्यवशायीक दक्षताको महत्वपुर्ण भुमिका हुने हुनाले नया बिषय र आधुनिक प्रविधिमा बजारमा निकै ठुलो माग भएकोे यो बिषय कलेजमा भित्राइएको कुरा खनालले बताए । यो सँंगै कलेजले जनरल अग्रेजी कक्षाको पढाइ पनि प्रारम्भ गरेको छ । नया बिध्यार्थीहरुको हितमा राखेर आवश्यकता अनुरुप कलेजले अग्रेजी कक्षा सन्चालनमा ल्याएको प्रीन्सीपल खनालले बताए ।