११ देशमा नया राजदुत सिफारीस

अस्ट्रेलियामा  पद्यरत्न तुलाधरकी छोरी सुम्नीमा 
मन बहादुर न्यौपाने
परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका श्रीलंका, दक्षिण कोरियासहित कार्यकाल पूरा नभई राजनितीक प्रतिशोधका कारण एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्य मुलुकमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । अस्ट्रेलियाको राजदुतमा एनजीओकर्मी तथा पद्यरत्न तुलाधरकी छोरी सुम्नीमा तुलाधरलाई सिफारीस गरिएको छ ।
गत सातामात्रै अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई उनको कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो भने कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई ‘अर्को निर्णय नहुन्जेलका लागि कार्यकाल थप गरिएको थियो ।
राजदूतले गरेको कामकारबाहीको ‘कार्यसम्पादन मूल्यांकन’ का आधारमा राजदूत नियुक्ति वा पदावधिबारे निर्णय गर्ने भनिए पनि अहिलेसम्म यस्तो प्रबन्ध हुन सकेको छैन ।यी निर्णयमा पनि राजदूतको कार्यसम्पादन मूल्यांकन हेरिएको थिएन । अस्ट्रेलियाको सवालमा नेपाली समाजमा लोकप्रीय रहेका र
कुटनैतिक क्षेत्रमा समेत निकै प्रभावकारी भुमिका निर्वाह गरेका महेशराज दाहाललाई राजनितीक प्रतिशोधकै कारण फीर्ता बोलाइन लागेको देखिन्छ ।

शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको जानकारी दिए । ‘लामो समयदेखि रिक्त रहेका र अरू रिक्त स्थानमा पनि एकमुष्ट रूपमा राजदूत सिफारिस गरेर पठाइएको छ,’ परराष्ट्रले जनाएको छ ।

परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा परेका छन ।
तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन भने त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ  । यसैगरी रुसका लागि जंगबहादुर चौहान प्रस्तावित छन् ।

यस्तै, झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टीसम्बद्ध पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिस गरिएका छन ।
यस्तै, ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित छ । नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका अध्यक्षसमेत रहिसकेका मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित भएका छन । प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्रमा राजदूत नियुक्ति प्रक्रियामा अघि बढ्नेछ ।