आइटीमा अनुभव वाड्दै एक्सट्रा टेक

पढेपछि योग्यता अनरुपको काम नपाउँंदा अस्ट्रेलियामा धेरै विध्यार्थीहरु हतोत्साहित हुने गरेको यहाँंको एक अनुसन्धानपछिको तथ्यांकले देखाएको छ । आफुले पढेको बिषयमा व्यबशायीक जागिर पाउनेको संख्या अन्तराष्ट्र्रीय विध्यार्थीको हकमा त निकै कम रहेको छ । आफुले भोगेका समस्यालाई नया पीढीले पनि भोग्नु नपरोस भन्ने हेतुले केहि युवाले यतिखेर सीड्नीको हर्षभिलमा आइटीका विध्यार्थीहरुका लागि एक्सट्रा टेक नाम प्रशिक्षण केन्द्रको स्थापना गरेका छन । जसले आइटी पढेर व्यबशायीक काम र दामको खोजी गरीरहेका छन त्यस्ता युवापीढीका लागि एउटा भरयाङको रुपमा काम गर्ने गरेको एक्सट्रा टेकका निर्देशक बिनोद कुवंर बताउछन । बिगत डेढ बर्षदेखि आइटीको प्रशिक्षण केन्द्र खोलेर बसेका बिनोद र उनको टिमले यस बिचमा सयौ नेपाली विध्यार्थीहरुलाई आइटीको व्यबशायीक तालिम दिएर बिभिन्न कार्यालयहरुमा काम लगाउन सफल भैसकेको छ । पढनु र त्यसलाई व्यबहारमा उतार्नुमा निकै फरक हुन्छ । हामीले पढेर शैक्षिक प्रमाणपत्र बोकेर बसेका युवालाई अनुभव संगालेर संस्थागत काममा जोडने प्रयासको थालीन गरेका हौ, निर्देशक बिनोद भन्छन ।
नेपालवाट उच्च अध्यन गर्न अस्ट्रेलिया आएका नेपाली विध्यार्थीहरु शैक्षिक हिसाबमा यहाँंका अन्य विध्यार्थी भन्दा कमजोर पटक्कै छैनन तर उनिहरुमा अनुभव र एक्सपोजको कमी छ, हामीले सोही अभावलाई पुरा गर्ने प्रयास गरेका छौ, निर्देशक बिनोदले बताए ।
यतिखेर प्रशिक्षण केन्द्रमा तिन सय २० जना विध्यार्थीहरु आफ्नो पढाइलाई अनुभवमा साटने प्रयासमा दत्तचित्त भएर लागेका छन । अहिले छोटो समयमा ७० जना विध्यार्थीले एक्सट्रा टेक मार्फत व्यबशायीक रुपमा आइटीको जागिर समेत पाइसकेका छन । पछिल्ला दिनहरुमा कोभिडको प्रभावसँंगै आइटी क्षेत्रमा अवसरको पनि प्रसस्त माग भैआएको छ । हामीले त्यसका लागि बढि भन्दा बढिलाई व्यबशायिक जागिरमा लगाउने प्रयासमा लागिपरेका छन , कम्पनीको व्यबस्थापक सन्तोष श्रेष्ठले बताए ।
अहिले एक्सट्रा टेकले वेभसाइड डिजाइन, डिजिटल मार्केटिङ,नेटवर्क डिजाइन, अफीस सेट अप र अन्य आइटीसम्वन्धि प्रशिक्षण दिदै आइरहेको छ , यसले आगामी दिनमा आफ्नो सेवालाई बिस्तार गर्दै लैजाने क्रम जारी छ , परियोजना व्यबस्थापक सुदिक्षा गौतमले बताइन ।
डेढ बर्षको स्थापनाकालमा एक्सट्रा टेकले आफ्नो व्यबशायीक कार्यसँंगै परोपकारी काममा पनि हात अगाडी बढाएको छ । अहिले एक्सट्रा टेकले वेलफेयर फन्डको स्थापना गरेर हालै एनआरएन अस्ट्र्लियालाई कोभिड फन्डमा पाँंच हजार डलर र महाविर वेलफेयर फन्डमा पन्ध्र लाख ६० हजार रुपैया सहयोग गरेर आफ्नो सामाजिक दायित्व पुरा गर्ने काम गरेको छ ।
एक्सट्रा टेकले आफ्नो परोपकारी कार्यलाई अगाडि बढाउन सन्तोष श्रेष्ठ, अनुप कार्की, अनिल पोखरेल,संगिना प्रजापती, ओम राउत, सन्दिप साउद, गौरव सुनुवार,सुनिल सिग्देल, रोशन घिमिरे,शुसन्त पन्त र बिशाल सिवाकोटी रहेको कोभिड सहयोग समिती बनाएको थियो । सोही समिती मार्फत यस पटक एनआरएन अस्ट्रेलिया र महाविर वेलफेयर फन्डमा सहयोग गरेको कुरा निर्देशक बिनोद कुवंरले बताए । उनले आगामी दिनमा पनि विध्यार्थीको हक र हित तथा परोपकारी कार्यमा आफुहरु लागिरहने बताए ।