रचनात्मक कार्यक्रम ल्याउदै नवौ गॅाउसभा भब्यताका साथ संपन्न

संपाददाता

सुजन पौडेल,

१२ अषाढ,चम्पादेबी,ओखलढुंगा,
चम्पादेवी
गाउँपालिकाले आफ्नो नवौ गॅाउसभा भब्यताका साथ सम्पन्न गरेको

गॅाउपालिका प्रमुख नबराज केसि को अध्यक्षतामा वडा अध्यक्षहरु, गाउँसभा सदस्यहरु,स्थानीयबासिहरु तथा विभिन्न राजनीतिक दलकाप्रतिनिधिहरुको बृहत उपस्थितमा गॅाउपालिकाको कार्यलय सुन्दरपुरमा गॅाउसभा सम्पन्न भएको हो।

विगतका वर्षमा पनि जिल्लाकै सबैभन्दा लोकप्रिय रचनात्मक कार्यक्रम ल्याएको चम्पादेबीले यसबर्ष पनि शिक्षा,स्वास्थ्य,कृषि  पशुपालन,धार्मिक संपदा संरक्षण तथा रोजगारिको क्षेत्रमा अघिल्लो बर्षहरुभन्दा अझ प्रभाबकारी लोकप्रिय कार्यक्रम ल्याएको छ।

पालिकाले बिगतका बर्षहरु भन्दापनि अझ प्रभाबकारी कार्यक्रम ल्याउनको लागि बिगतका कार्यक्रम हरुमा के कस्ता कमि कमजोरी रहे?नागरिक हरुलाइ तेस्को प्रभाब कति पर्यो?यस्का सकरात्मक नकरात्मक दुबै पाटोबाट बृहत छलफल तथा समिक्षा गरि बिगतकोअनुभब आबस्यकतालाइ ध्यानमा राखि महत्वपुर्ण लोकप्रिय कार्यक्रम  ल्याएको कुरा गाउँपालिका अध्यक्ष नबराज केसीले बताउनुभएको छ।

आर्थिकबर्ष ७८/७९ कालागि बिभिन्न रचनात्मक कार्यक्रम ल्याएर चम्पादेबी  गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ।गाउँपालिका अध्यक्ष नवराज केसीको अध्यक्षतामा भएको गाउँसभाको शुन्य विशेष समयमा सभा सदस्यहरु,बिभिन्न राजनैतिक दलकानेता तथा कार्यकर्ताहरुले समसामयिक बिषयमा आफ्नो धारणा राख्नु भएको थियो।यसै क्रममा नेकपा एमाले(वलिपक्ष)का जिल्लासचिब तिर्थ सुबेदीले गाउँपालिका भित्रका कमिकम्जोरीलाइ औल्याउदै आलोचनात्मक टिप्पणि गर्नुभएको पालिकाको रचनात्मककाममा आफ्नो साथ रहने कुरापनि बताउनु भएको छ।प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुबेदीले चालू आर्थिक बर्षको प्रगतीप्रतिबेदन पेश गरेको सभामा गाउँपालिका उपाध्यक्ष निर्मला देबी रैकाले न्यायिक समिति,योजना अनुगमन लगायत क्षेत्राधिकार भित्रकाअन्य बिषयमा प्रतिबेदन पेश गर्दै गाउँपालिकाको काम चुस्त दुरुस्त छिटो छरितो भर पर्दो बनाउन कर्मचारीहरुले बिशेष ध्यान पुर्याउनुपर्ने धारणा राख्नु भयो।सभामा गाउँपालिका अध्यक्ष नवराज केसीले केही राजनिति दलका नेताहरुले उठाएका प्रस्नको जबाब दिदैउहॅाहरुले बिगतमा गॅाउपालिकाको बिकाशका काममा गरेका अबरोध हरुको समिक्षा गर्दै भाला खुकुरी लिएर अबरोध गर्नुको सट्टा हातमाबेल्चा,कोदालो बोकेर सहकार्य गरेको भए बिकाश अझतिब्र हुने थियो भनि ब्यांग्यगर्दै अन्य सवालका जबाफ दिनुभएको थियो।सभासदस्यहरुले उठाएको प्रश्न को जवाफ दिदै गाउँपालिकाको बिकास समृद्धिमा निरन्तर लागिरहेको गाउँपालिकाको केन्द्र सम्म पक्कि सडक बनाउने, मध्यमार्गी सडक वडाको केन्द्र जोड्ने सडक स्तरोन्नती गरि बाह्रै महिना .चालन गर्ने,सबै वडाहरुमा बिद्धुतिकरणगर्ने काम केही समयमै सम्पन्न हुने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्वाधारको काम अन्तिम चरणमा पुगेको आगामी दिनमा शैक्षिकगुनस्तर जनस्वास्थ्य सङ्ग प्रत्यक्ष सरोकार राख्ने विषयमा ध्यान पुर्याइने प्रतिबद्धता व्यक्त गर्दै नवौ गाउँसभा बैठक अन्त्य भएकोजानकारी गराउनु भयो।

चम्पादेबी गॅाउपालिले यो बर्ष ल्याएका कार्यक्रमहरु

          स्वास्थ्य क्षेत्रमा

.प्रत्येक गर्भवती लाई पौष्टिक आहाराको लागि अण्डा हर्लिक्स जस्ता पौष्टिकजन्य आहारा वितरण गरिने भएको .पालिकाभित्रका प्रत्येक स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर सहित ब्यबस्थित आइसुलेसन बेड स्थापना गरिने।

.गॅाउपालिका भित्रका गर्भवतिहरु सुत्केरी हुन स्थानिय वा देशभित्रका कुनैपनि स्वास्थ्य संस्थामा जानुपरेमा गाउँपालिका ले निशु:ल्कएम्बुलेन्स सेवा उपलब्ध गराउने

.पालिका भित्रका हरेक वडाहरुमा आधाघन्टाभित्र स्वास्थ्य सेवा को पॅहुच पुर्याउने  उदेश्यले चम्पादेविको वाडनं ५,वाडनं७(माथिल्लो फुलवारि र वाडनं ४ लाइ पाएकपर्ने गरि)वाडनं ३को सिल्खुबेशि, जस्ता ठॅाउहरुमा स्वास्थ्य इकाई स्थापना गरिने भएको छ।

.लोपन्मुख जाति माझिहरुको सुबिधालाइ ध्यानमा राखि पालिकाको नाकामा पर्ने नवलपुरघाटमा स्वास्थ्य युनिट राखिने छ।

.कोभिडका कारण आइसुलेसन भ्यान्टलेटरमा उपचार गरिरहेका बिमारिका लागि रु३००००(तिस हजार)आर्थिक सहयोग पालिकाबाटगरिने भएको

             कृषि तथा पशु

.कृषि तथा पशुपालन कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफुलहरुको बजारिकरणका लागि गाउँपालिकालेउचित व्यवस्थापन गर्ने भएको छ।

.कृषकहरुको बृतिबिकाशका लागि गाउँपालिकाले गाउँ पकेट कार्यक्रम सञ्चालन गर्ने भएको ,

.कृषिमा युवा परिचालन कार्यक्रम गरिने भएको

.बाझो जमिन प्रयोग गरि कृषि उत्पादन गर्ने लाई बिशेष अनुदानको व्यवस्थापन गरिने भएको

.१० जना भन्दा बढि व्यक्तिलाई रोजगारि दिने कृषि उधमिलाइ अनुदान दिने व्यवस्थापन गरिएको

.उत्कृष्ट वटा लैना भैंसी तथा गाइपाल्ने कृषकलाई अनुदान दिने भएको छ।

.कृषि सेना कार्यक्रम मार्फत कृषि उधमिलाइ कार्यबिधि निर्माण गरि प्रोत्साहन गरिने ,

.बिपन्न बर्गका एकल महिला तथा एकल पुरुष कृषक हरुलाइ ब्याबसायिक कृषिका लागि बिशेष अनुदानको ब्यबस्था गरिने छ।

.कृषकहरुको मनोबल बढाइ प्रोत्साहित गर्नका लागि हरेक बर्ष पालिकाभित्रका कुनैपनि वडामा कृषी मेलाको आयोजना गरिने छ।

           बन वातबरण,  पुर्वधार विकास तर्फ

.गाउँपालिका भित्र सबै वडाहरुमा केन्द्रीय बिधुत विस्तार गरिने भएको छ।

.पालिका भित्रका सबै वडाहरुमा सडक सञ्जाल विस्तार गरि यीतायातमा सहज बनाइने छ।

.पर्यटन क्षेत्र विकासको लागि भ्युटावर तथा पार्कहरु निर्माण गरिने ,

.नमुना काम गर्ने उपभोक्ता समितिलाई  पुरस्कृत गर्ने नीति अबलम्बन गरिने ,

.खेलकुद विकासको लागि गाउँ पालिका भित्र निर्माणाधिन खेलकुद मैदानहरुको निर्माण कार्यलाइ निरन्तरता दिइने

        शिक्षा क्षेत्रमा

स्वच्छ तथा स्वास्थ्य बाताबरणका लागि प्रत्येक बिध्यालयमा रुख बिरुवा लगाइ हरियालि कार्यक्रम सुरु गरिने छ।

.प्राबिधिक तथा व्यवसायिक शिक्षालाई जोड दिइने

.स्थानीय तहमा आफ्नै पाठ्यपुस्तक व्यवस्थापन गरिने ।४.शिक्षक लगायत सम्पूर्ण कर्मचारीलाई साप्ताहिक खाजा स्वरुप १००रुपैया कार्यक्रम लागू गरिने

.गाउँपालिका भित्रका जेहन्दार बिध्यार्थिहरुलाइ प्राबिधिक तथा व्यवसायीक उच्च शिक्षा अध्ययनमा सहुलियत दिने व्यवस्था गरिने

.दलित छात्रा, तथा अपांगहरुका लागि प्रबिधिक शिक्षा तर्फ सहुलियतमा प्राथामिकता दिइने

   सॅास्कृतिक,धार्मिक तथा पर्यटन

.आन्तरिक तथा बाहिय पर्यटन प्रबर्धनकालागि गॅाउपालिका भित्र प्याराग्लाइडिङ,भ्युटावर निर्माण,होमस्टेको बिकास जस्ता कुरहरुमालागि जोड दिइने

.चम्पादेवि ककनि मन्दिर लाई जिल्लामै नमुना ठुलो धार्मिक तथा पर्यटकिय रुपमा बिकास गरिने छ।

.जातिय भेषभुषाका आधारमा संस्कृतिको सम्रक्षण सम्बर्द्धन गरिने ,स।

.स्थानीयसेवाका कर्मचारीलाई  १० दिने पर्यटन काज उपलब्ध गराइने छ।

५.चम्पादेबी ककनिलाइ धार्मिक पर्यटकिय स्थलको रुपमा बिश्व सम्पदासुचिमा राख्न पहल गरिने छ।

        खानेपानी

गाउँपालिका भित्र सञ्चालनमा रहेको बिभिन्न स्थानका सबै खानेपानीको कार्यक्रम हरुलाई यस बर्ष भित्र सम्पन्न गरिने

             लक्ष्यित बर्ग

.जेष्ठ नागरिक हरुका लागि दिवा सेवा केन्द्र स्थापना गरि मनोरंजन तथा अनुभब आदान प्रदान गर्ने स्थान उपलब्ध गराउने निशुल्कस्वास्थ्य परिक्षण गर्ने नीति ल्याइने छ।,

.विपन्न एकल पुरुषको तथ्यांक सङकलन गरिने ,श्रीमान वेपत्ता भएको वर्ष नाघेको वा श्रीमानले त्यागी अलपत्र परेका असाहायमहिलाहरुको तथ्यांक सङ्कलन गरि आबस्यकता अनुसारको सीप तथा रोजगार मुलक कार्यक्रममा प्राथमिकता दिइने छ।

.बुहारि छात्रवृत्ति तथा मृतक परिवारलाई राहत उपलब्ध गराइने

.अल्पसंख्यक पिछडिएका वर्ग,जनजाति,खसआर्य, दसनामि लगायतका भुमि पुत्रहरुको परम्परागत सस्कृतिको जगेर्ना गरिने

.हरेक वडाहरुमा आमासमूह सञ्जाल भवन निर्माण गरिने भएको

५चम्पादेवि गाउँ पालिका भित्र रहेका पलापु / विलन्दु / चम्पादेवि घोराखरिलाइ औधोगिकग्राम स्थापना गरि एकीकृत वस्तिकोविकास गरिने छ।

.चम्पादेबी गॅाउपालिका भित्र बसोबास गर्दै आएका बादि,माझि,भुजेल जस्ता लोपन्मुख जातिहरुको संरक्षण गरिने छ।