भुटानका राजा जनतामा कोरोनाको प्रभाव बुझ्न गाउँगाउँ डुल्दै

काठमाडौं । भूटानका राजा जिग्मे खेसर नामग्याल वाङ्गछुक कोरोना कहरमा पनि गाउँ गाउँ हिडी रहेका छन् । आफ्ना जनताको हालखबर बुझ्न उनी गाउँ डुलेको समाचारमा उल्लेख छ । गाडी जाने ठाउँमा गाडीमा, घोडा पुग्न सक्ने ठाउँमा घोडामा र कतिपय ठाउँमा उनी पैदल हिडेर पुगिरहेको भारतबाट प्रकाशित हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ ।

कोरोना संकटको १४ महनिा भूटानका राजा जिग्मे नामग्याल वाङ्गचुकले गाउँ, शहर डुलेरै विताएका छन् । भूटानको जनसंख्या करीब ७ लाख ७९ हजार ९३७ जना छन् । असार १२ गते विहान ८ बजेसम्ममा ७ लाख ९८ हजार ५७३ जनाको नमुना परीक्षण गर्दा २ हजार १३ जना कोरोना भाइरसका संक्रमित भएका छन् ।

संक्रमितमध्ये १७ सय ४० जनालाई संक्रमण निको भैसकेको छ भने १ जना मात्रको मृत्यु भएको छ । भुटानमा २७२ जना मात्र सक्रिय संक्रमित छन् । जिग्मे खेसर नामग्याल वाङछुग जन्म फेब्रुअरी २१ सन् १९८० भएको थियो । उनी भुटान अधिराज्यका वर्तमान राजा हुन् । उनी भुटानका चौथा राजा जिग्मे सिङगे वाङचुकका छोरा हुन् ।

उनी ६ नोभेम्बर २००८ मा औपचारिक रूपमा भुटानका राजा बनेका हुन् ।  उनी सन २०११ सम्म विश्वका सबैभन्दा कान्छा राष्ट्रप्रमुख थिए, तर पछि उनको स्थान उत्तर कोरियाका किम जोङग–ऊनले लिएका थिए । उनको विबाह १३ अक्टोबर २०११ मा एक सामान्य नागरिककी छोरी जेचुन पद्मसँग भएको हो । उनी अहिले ४१ वर्षका भए ।