ओखलढुंगा मोलुङ–४, नेपाली कांग्रेस सम्पर्क समितिद्धारा राहत वितरण

काठमाडौं । अस्ट्रेलिया निवासी गीता कँडेलको आग्रहमा न्यूजिल्यान्ड निवासी जेरार्ड डेल्ड्रीले उपलब्ध गराएको राहत वितरण गरिएको छ । ओखलढुंगा मोलुङ–काठमाडौं सम्पर्क समितिले कोरोनाका कारण जारी निषेधाज्ञाले दैनिक जिविकोपार्जनमा समस्या भोगेका नागरिकलाई राहत वितरण गरिएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडांै उपत्यकाका विभिन्न ठाँउमा बसोबास भएका दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्दै आएकाहरुलाई सो राहत वितरण गरिएको हो । एक सय जना भन्दा बढीलाई एक बोरा चामल, दुई लिटर खाने तेल, २ पोका नुन, साबुन, दालगायतका राहत सामाग्री वितरण गरिएको नेपालका निर्माण व्यवसाय गर्दै आएका सुवास अधिकारीले जानकारी दिए ।

सो राहत सामाग्री अधिकारीको संयोजनमा उपलब्ध भएको हो । नेपाली कांग्रेस मोलुङ गाँउपालिका वडा नम्बर ४ सम्पर्क समितिको आग्रहमा सो राहत सामाग्री उपलब्ध गराइएको अधिकारीले जानकारी दिएका हुन् ।