जीवन विकास लुघुवित्तको आइपीओमा साढे १२ गुणा बढी आवेदन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओमा आजै साढे १२ गुणा बढी आवेदन परिसकेको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार आइतबार बेलुका पाँच बजेसम्म १५ लाख १२ हजार ९४१ जनाले आवेदन दिएका छन् ।

करोड ३० लाख ५४ हजार २६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन कम्पनीले बिक्रीमा ल्याएको शेयरभन्दा १२.४७ गुणा बढी हो । लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो।

यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुने छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने छ ।