खै देशको लागि गर्छु भन्ने

गजल

गौरव राई

खै देशको लागि गर्छु भन्ने को छ ।
सबैलाइ सत्तामा पुग्न, हतारो छ ।।

चिन्ताछ बा लाई,देश बन्ला भन्ने ।
त्यसैले युवा शक्ति, फुर्सदिलो छ ।।

नेताले आफुलाइ बाहेक सोच्दैन ।
र त देशको ढुकुटी, सबै रित्तो छ ।।

निम्न बर्ग हो,भोको पेट बाच्नुपर्ने ।
माननियलाई भ्रष्टाचारले पुग्दो छ ।।