काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र संस्थापक नेतापुत्रहरु निरन्तर संवादमा जुटेका छन् । विमलेन्द्र निधिको वैवाहिक वर्षगाँठको दिनबाट सुरु भएको सो शृंखला सोमबार पनि जारी छ ।
कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज पनि उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पुगेर छलफल गरेका छन् । सिंहका प्रेस संयोजक युपी लामिछानेका अनुसार तीन नेताबीच कांग्रेसको १४ औं महाअधिवेशनकेन्द्रित छलफल चलिरहेको छ ।
महाधिवेशनमा नेतृत्वको दाबी गर्दै आएका तीन नेताबीच यसअघि निधि निवास र कोइराला निवासमा छलफल भइसकेको छ । आज सिंहको निवासमा तीन नेताबीच लञ्चसहितको बैठक भइरहेको हो ।
139
Shares