अनिलकुमार साह
सिमरा, १९ असर
जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर १४ नीवासी क्यान्सर रोगी १२ वर्षीय सलीना ढकाललाई उपचारमा सहयोग गर्न लायन्स क्लब सिमरा युथले आज नगद २६ ,०००/- सहयोग गरेको छ ।
नेपाली काङ्रेसका नगर सभापती श्यामबाबु गुप्ताले बिषेश सहयोग गरे भने सरोज खनाल , त्रीलोक बिक्रम साह , बसन्त खतीवडा , राजकुमार लामा , कपील खरेल , गोवीन्द चौधरी , सुशान्त शाह , हन्कल्पीत न्यौपाने , दिवाकर भण्डारी , किशन ढकाल , कमल तिवारी , इश्वर , निलिशा बर्मा , मिथलेस महतो लगाएतकाले सहयोग गरेका थिए।
उपचार खर्च धान्ने स्तिथी नभए पश्चात सङ्घ संस्थाहरु मार्फत सहयोगको अपेक्षा राखेका उनलाई सो सहयोग रकम उपलब्ध गराइएको थियो।
उनको विभावक त्यो सहयोग पाएर आज हर्षीत थिए। क्यान्सर जित्न युवाहरुले मन लगाएको देखी धन्यवाद पनि दिए ।
लायन्स क्लब अफ सिमरा युथले प्रथम किस्ताको रुपमा सोसहयोग रकम हस्तान्तरण गरेको क्लबका अध्यक्ष न्यौपानेले जानकारी दिए। साथै यस्तो सहयोग अझै पनि गरिने उनले प्रतिवद्धता पनि व्यक्त गरेका थिए।