रिलायबल नेपाल लाइफले आईपिओ जारी गर्दै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक निष्काशन (आइपीओ) जारी गर्न लागेको छ । यस कम्पनीले निष्काशन गर्न लागेको आईपिओ अन्य कम्पनीको जस्तो प्रतिकित्ताको १०० रुपैयाँ दरमा नपाइने भएको छ । कम्पनीको भरखरै सम्पन्न साधारणसभाले प्रिमियम मूल्य २१२ रुपैयाँ प्रतिकित्तामा आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

तीन वर्षदेखि लगातार मुनाफामा गएको क्रेडिट रेटिङमा औषतभन्दा माथि रहेकोले प्रिमियम मूल्यमा शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । धितोपत्र बोर्ड नियमावली अनुसार प्रतिकित्ता नेटवर्थ मूल्यको दोब्बर रुपैयाँसम्म शेयर प्रिमियम मूल्य राख्न पाइने व्यवस्था छ । हाल प्रतिकित्ता नेटवर्थ १०६ रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम मूल्य २१२ रुपैयाँसम्म हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।