रामेछाप । लिखुतामाकोशी गाउँपालिका रामेछापले आ.व. २०७८–७९ वार्षिक बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । बजेट गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्काको अध्यक्षतामा आठौ गाउँसभाले भव्य कार्यक्रमका साथ पारित गरिएको थियो ।
अध्यक्ष खड्काको अध्यक्षता भएको गाउँसभामा बिभिन्न राजनीतिक दलका नेताहरु, सभासदस्यहरु, कर्मचारी, स्थानीय बुद्धिजिवी र सर्वसाधारणसमेतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिकाले विकासका विभिन्न रचनात्मक कार्यक्रम ल्याएको अध्यक्ष खड्काले बताए । कार्यक्रममा उपस्थित विभिन्न वक्ताले बोल्ने क्रममा बजेटमा उल्लेखित कार्यक्रम साच्चीकै विकासमुखी र रचनात्मक भएको भन्दै मुक्दकण्ठले प्रसंशा गरेका थिए ।
सभामा विभिन्न पार्टीबाट उपस्थित नेताले बजेट विकास र समृद्धिको नारालाई सार्थकता दिने खालको भएकाले आफ्नो पार्टीको पूर्ण समर्थन रहने बचनवद्धता प्रकट गरे । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश रायले आर्थिक प्रतिवेदन पेश गरेका थिए । पालिकाको न्यायिक समिति, योजना अनुगमनलगायतका क्षेत्राधिकारभित्रका अन्य विषयमा उपाध्यक्षले प्रतिवेदन पेश गर्ने प्रावधान छ ।
तर, उपाध्यक्षलाई अदालतले दोषी ठहर गरी कानुनी अड्चनमा परेका कारण अध्यक्ष खड्काले यस्ता सबै विषयहरु आफ्नो प्रतिवेदनमा समावेश गरी पेश गरेका थिए । सभामा केही राजनिति दलका नेताहरुले उठाएका प्रस्नको जवाफ दिने क्रममा र सभा समापनमा आफ्नो मन्तब्य राख्ने क्रममा अध्यक्ष गोबिन्द बहादुर खड्काले पालिकाले विगतका वर्षहरु भन्दा अझ सशक्त र प्रभाबकारी कार्यक्रम ल्याउने ठोकुवा गरे ।
उनले विगतका कार्यक्रमहरुमा के– कस्ता कमिकमजोरी रहे, नागरिकलाई त्यसको प्रभाब कत्तिको प-यो । ती प्रभावहरु सकरात्मक र नकरात्मक दुबै पाटोबाट वृहत छलफल तथा समीक्षा गरी विगतको अनुभब र तत्कालको आवश्यकतालाई ध्यानमा राखी महत्वपूर्ण र लोकप्रिय कार्यक्रम ल्याएको बताए । त्यसैगरी गाउँपालिकाको काम चुस्त, दुरुस्त, छिटोछरितो र भरपर्दो बनाउन कर्मचारीलाई विशेष ध्यान पु-याउन सुझाए ।
लिखुतामाकोशी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, धार्मिक संपदा संरक्षण तथा रोजगारीको क्षेत्रमा अघिल्लो बर्षहरुभन्दा अझ प्रभाबकारी र लोकप्रिय कार्यक्रम ल्याएको छ । मध्यमार्गी सडक र वडाको केन्द्रसँग जोड्ने सडक स्तरोन्नती गरी बाह्रै महिना संचालन गर्ने, सबै वडाहरुमा विद्युतीकरण गर्ने काम केही समयमै सम्पन्न हुने र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताए ।
आगामी दिनमा शैक्षिकगुणस्तर जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा ध्यान पु-याइने प्रतिबद्धता व्यक्त गर्दै आठौ गाउँसभा कार्यक्रम सम्पन्न भएको पालिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष खड्काले बताए ।
यस्ता छन् लिखु तामाकोशीले यो वर्ष ल्याएका कार्यक्रमहरु :
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार र पूर्वाधार विकासमा केन्द्रित छ । “कृषि, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा उन्नतिःलिखुतामाकोशी गाउँपाकाको सम्मुनति” मूल नाराकासाथ तर्जुमा गरिएको अनुमानित बजेटको राशी ९२ करोड ८५ लाख ५९ हजार ४सय ३४ रुपैयाँ रहेको छ ।
अनुमानित बजेटको स्रोत र तहहरु निम्न रहेका छन्, संघीय सरकार वित्तिय समानिकरण अनुदानबाट १३ करोड २७ लाख, शशर्त अनुदान१९ करोड ९५ लाख, विशेष अनुदान २ करोड ८ लाख, राजस्व बाँडफाँडबाट ७ करोड ३७ लाख ५७ हजार , बाँडफाँडबाट प्राप्त जलविद्युतरोयल्टीबाट १ करोड ५० लाख, बागमती प्रदेश वित्तिय समानिकरण अनुदानबाट १ करोड १६ लाख ८४ हजार, बागमती प्रदेश शशर्तअनुदानबाट १ करोड ३७ लाख २८ हजार, विशेष अनुदानबाट ३६ लाख ५० हजार, समपुरक अनुदानबाट १ करोड ३४ लाख ४८ हजार, बागमती प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ९२ लाख ३४ हजार २ सय ३४ रुपैयाँ, लिखुतामाकोशी गाउँपालिकाको गत वर्षकोअल्याबाट १५ करोड ५० लाख, आन्तरिक श्रोतबाट अनुमानित ५० लाख, संघीय सरकार आधारभूत अस्पताल निर्माणबाट १८ करोड ५०लाख ३८ हजार र सघीय सरकार सामाजिक सुरक्षा भत्ता ८ करोड गरी लिखुतामाकोशी गाउँपालिकाले ९२ करोड ८५ लाख ५९ हजार ४सय ३४ रुपैयाँको वार्षिक अनुमानित बजेट पारित गरिएको हो । पूर्वाधार विकासमा गाउँपालिकाले ताप्के सकड र झाक्रीडाँडा, नाग्वली फर्पू सकड, जग्माने फेदी बासे सकड, धोवी, गिद्दे, कान्ले नोप्रासकड स्तरोन्ती कालोपत्रे गर्ने जनाएको छ ।
सडकहरुको स्तरोन्तति र वातावरण संरक्षण तथा विपद् व्यवस्थाका लागि नयाँ ट्र्याक खोल्नेजनएको छ । लिखु खिम्ती र तामाकोशी नदी किनारहरुमा आवश्यकता अनुसार तटबन्धन गर्ने प्रतिबद्धता गरिएको छ । कृषि क्षेत्रमा सिंचाईं अभाव भएका खेतीयोग्य जमीनहरुको वर्गीकरण गरी आवश्यक सिंचाईंको व्यवस्था गर्ने योजना छ । अति विपन्नपरिवारको पहिचनन गरी घरबारबिहीन परिवारको लागि जनता आवास कार्यक्रम अगाडि सारिएको छ ।
त्यसैगरी वन, वातावरण, जलवायु र भूसंरक्षणका लागि गाउँपालिकाले वन, वन्यजन्तु, पशुपन्छी, वनस्पति आदि वैविक विविधताको संरक्षण गर्ने जनाएको छ ।बजेटले नदी नियन्त्रण, जलाधार संरक्षण, वन फँडानी नियन्त्रण गर्नुका साथै वन पैदावार नियन्त्रणका लागि वृक्षारोपण कार्यक्रम रफोहोरमैला व्यवस्थापनमा पनि जोड दिइएको छ ।
न्यायिक समिति अन्तर्गत गठित मेलमिलाप केन्द्रहरुलाई निमानुसार छिटो, छरितो बनाइ सेवालाई जनमैत्री बनाइने, नजप्रतिनिधि रकर्मचारीहरुलाई वित्तिय सुधासन सम्बन्धी तालिम लिई सेवालाई चुस्त दुरुस्त बनाइने विज्ञप्तिमा भनिएको छ । महिला स्वास्थ्यस्वंयमसेविकाहरुलाई प्रोत्साहन तथा क्षमता विकास तालिमको व्यवस्था गरिने बताउँदै गाउँपालिकाले चार वर्षमा गरेका कामको पनिसमीक्षा गरिएको थियो ।
बजेटमा संस्थागत विकास सेवा प्रवाहमा सुशासन कायम गरिने जनाइएको छ । त्यसको लागि बालमैत्री स्थानीय शासनमा जोदि दिइसेवा प्रवाह र फरक क्षमता भएका बालबाविकास लागि विशेष जोड दिइएको छ । त्यस्तै गाउँपालिकामा अनुशासित, न्यायिकसमानतामुलक र मानवअधिकार मैत्री शासन प्रणालीलाई जोड दिइएको छ । गाउँपालिका कार्यालय, वडा कार्यालय तथा विषयगतशाखा र इकाको सेवा चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउने उल्लेख छ ।
प्रकोप नियन्त्रणलाई महत्वका साथ सम्बोधन गरिएको छ । साथै नागरिकका लागि दैनिक उपभोग्य वस्तुको उपलब्धतालाई जोडदिइएको छ । वातावरणको क्षेत्रमा एक सामुदायिक बन एक उद्यवम रणनीति अन्तर्गत प्राकृतिक स्रोतलाई रोजगारीमा परिणत गर्नेयोजना अगाडि सारिएको छ । जलाधार संरक्षण अवधारणा अन्तर्गत पानीको मुहान संरक्षण र पोखरी अभियानलाई जोड दिइएको छ ।
फोहोरमैला व्यवस्थानका लागि हरेक वडाका टोल वस्तीहरुमा फोहोरमैला विसर्जन स्थल निर्माणगर्ने त्यसमा कुहिने र नकुहिने फोहोरछुट्याई जैविक मल उत्पादन गर्न प्रोत्साहन गरिने छ, जारी विज्ञप्तिमा भनिएको छ । यस गाउँपालिकाभित्रका प्रमुख बजार तथासार्वजनिक जमघटन हुने महत्वपूर्ण ठाउँमा फोहोरमैला व्यवस्थापनको लागि व्यवस्था गरिएको बताइएको छ ।
पूर्वाधार विकासका लागि आर्थिक वर्ष २०७८÷७९ भित्रै गाउँपालिकाले आफ्नै नाममा जग्गा प्राप्त गरी आवश्यक बजेट केन्द्र, प्रदेश रस्थानीय सरकारबाट तय गर्ने योजना बनाएको छ । प्रशासनिक भवन निर्माण कार्यलाई तीब्रता दिँदै २, ३, ५, ६ र ७ वडा कार्यालय भवननिर्माण गर्ने प्रतिबद्धता जनाइएको छ । दुरागाउँ, थापाडाँडा, खापिङ, पैंयुखोली मोड हुँदै होपिना भिरखर्क, भुजी (उमाकुण्ड) जोड्ने सकडस्तरोन्तति गर्ने जनाएको छ । दुरागाउँ जोड्ने सडकलाई विशेष प्राथमिकतामा राखिएको छ ।
बजेटमा खिम्ती–शिवालय–धोवी सडक, छाँगा–तिल्पुङ, कटहरे, बोहोरागाउँ, बाँसबोटे, गैरी, धोवी सडक धोवी स्वास्थ्यचौकी हुँदै भाइटार, चित्रेचौतारा सकड र दिलौरी, जगमान, सानापानी, खापिङका वडाकार्यालय, सडक, भालुखोप गहते सकड र कोटगाउँ बरबोटे रात्माटा सकडको स्तरोन्नतिलाई जोड दिइएको छ । त्यसैगरी सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, तेस्रो पक्ष अनुगमन, सामुदायिक स्तरोन्नतिको लागि प्रविधिको प्रयोग गरीजनउपयोगी बनाइनेमा जोड दिइएको छ ।
सूचना प्रविधिका विविध माध्यमबाट गाउँपालिका वासिन्दालाई सहज रुपमा सञ्चार सुविधाउपलब्ध गराई इन्टरनेटको सुविधा उपलब्ध गराइ प्रविधिमैत्री वातावरण सिर्जना गर्नेमा जोड दिइएको छ । लिखुतामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को बजेट तुर्जमाको क्रममा मुलुकको संघीय शासन व्यवस्थालाई दरिलोबनाउन स्थानीय तहका सम्भावना र अवसरलाई हेररे अगाडि बढ्नेमा जोड दिएको छ ।
त्यसका लागि योजना तर्जुमा गर्दा सेवामूलक, उत्पादनमूलक, रोजगारमूलक, वातावरणमैत्री हुनुपर्छ, विज्ञप्तिमा भनिएको छ । त्यस्तै धर्म, परम्परा, संस्कार, संस्कृति र रीतिरिवाजलाईसन्तुलनमा राखी समतामूलक समाज निर्माणमा जोड दिइएको छ । गाउँपालिकाले बजेट तर्जुमा गर्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ कोनारालाई जोड दिइएको छ । शिक्षाको क्षेत्रमा हेर्दा सामुदायिक विद्यालयलाई तुस्त, दुरुस्त र पढाइको स्तरोन्नतिलाई ध्यानमा राखिएको छ ।
सिंचाइलाई प्रचारमुखीभन्दा काममुखी बढाएर अगाडि बनाइने प्रतिवद्धता छ । खानेपानी परिपूर्तिको लागि पनि भएका ठाउँमा स्वच्छ, सफा र व्यवस्थित बनाउनेर नभएका ठाउँमा व्यवस्था मिलाउने जनाइएको छ । स्वास्थ्यको क्षेत्रमा आवश्यकता र उपलब्धताको आधारमा नागरिकलाई पाएक पर्नेगरी सेवा दिने बताइएको छ । यसरी बजुटको खाकालाई नियाल्दा लिखुतामाकोशी गाउँपालिकाले जनमुखी बजेट ल्याउन खोजेको देखिन्छ ।
समग्र क्षेत्रलाई अतिवैज्ञानिक ढंगले समेट्न खोजिएको देखिन्छ । आर्जिक, सामाजिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सिंचाई, सडक सबै क्षेत्रलाईसमेटेकाले बजेट समग्रमा उत्कृष्ट देखिन्छ । त्यसको लागि निश्पक्ष कार्यान्वयको पक्ष भने हेर्न बाँकी छ । बजेटका खाकाहरु जति सुन्दरछन्, त्यसका कार्यान्वयन पक्ष त्यतिनै जिम्मेवार हुन्छन् । त्यो पक्षलाई नियाल्दा राजनीतिक आग्रहपूर्वाग्रहलाई थातिराखेर सबै वडालाईसमावन वितरण महत्वपूर्ण कुरा हो ।