सिभिल बैंकका सिइओ पोखरेलद्वारा पदभार ग्रहण

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । बैंकको ३ सय ४५ औं बैठकले पोखरेललाई आगामी ४ वर्षको लागि असार १८ गतेबाट लागु हुने गरी सीइओमा नियुक्त गरेको थियो । सोही अनुसार उनले पदभार ग्राहण गरेका हुन् ।

पोखरेल २०७८ बैशाख १८ गतेदेखि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । उनी दुई वर्षदेखि यस बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीको भूमिका निर्वाह गर्दै आएका थिए । पोखरेलले स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एनआइसी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंकमा गरी २४ को वर्षको अनुभव बटुलेका छन् ।

विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष गरीे कुल तीन दशक लामो बैकिङ अनुभव उनको छ । पोखरेलले डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।