ने.का. १४ औं महाधिबेशनमा डा.महत महामन्त्री पदका दावेदार

बौद्धिक शालिन लोकतन्त्रवादी काँग्रेस नेताको लोकप्रिय छवि बनाइसकेका पूर्वमन्त्री डा.प्रकाश शरण महत हाल नेपाली कांग्रेसपार्टीको केन्द्रीय सहमहामन्त्री हुन् उद्यपि यति भनेर मात्र उनको परिचय पूर्ण हुँदैन नेपाली काँग्रेसको पार्टी राजनीतिमा एउटाबौद्धिक, उन्नत संगठनकर्ता आम काँग्रेसी कार्यकर्ताहरुका बीचमा लोकप्रिय छवि निर्माण गर्न सफल डा.महतको जन्म आमाटोलकुमारी बाबु खड्गबहादुर महतको कोखबाट नुवाकोट जिल्लाको कविलास मा वि.सं.२०१६ साल कार्तिकमा भएको हो  

संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि पीएचडी उपाधि हासिल गर्न सफल भएका डा.महतले२०३६ सालदेखि नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य २०४० देखि २०४४ सालसम्म नेविसंघको महामन्त्रीको पदमा निर्वाचित भएरआफ्नो राजनीतिक जीवनलाई गतिशील बनाउन थालेका डा महतले पञ्चायतकालमा पकटपटक जेल जीवन समेत बिताइसकेका छन् अर्थात् बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको सिद्धान्तबाट प्रेरित डा.महतले सानै उमेरदेखिराजनीति जीवन शुरु गरेका हुन्

वि.सं.२०२९ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय डा. महत काठमाडौंको शान्ति विद्यागृहमा अध्ययन गर्दाकै क्रममापहिलो पटक राजनीति गिरफ्तारीमा परेका थिए त्यसपछि भने विद्यार्थी जीवनको राजनीतिक गतिविधिकै कारण पटक पटक जेलजीबन बिताउनु परेको थियो

बि.सं.२०३२ सालमा जेल परेर छुटेपछि महतले २०३३ सालमा महाराजगन्ज क्याम्पसमा अध्यनकोक्रममा नेविसंघको इकाइसभापति बनेर निर्दलीय पञ्चायत व्यवस्थाका बिरुद्धको आन्दोलनमा आवद्ध मात्र भएनन्, बिरोधका विभिन्न कार्यक्रमहरुमा सशक्तभूमिका समेत निर्बाहा गरेका थिए बाल्यकालदेखि नै पञ्चायत बिरुद्धको राजनीतिमा लागेका डा.महतले प्रधानमन्त्रीको प्रमुखसल्लाहकार, राष्ट्रिय योजना आयोगको सदस्य, परराष्ट्र राज्यमन्त्री उर्जामन्त्रीको जिम्मेवारीलाई सफलतापूर्वक सम्हाली सकेकाछन्

भर्खरै संचालनमा आएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्न शुरु गरिसकेको छ।४५६ मेगावाट क्षमताको उक्त आयोजना आजभन्दा १० वर्ष अगाडि डा.महत ऊर्जामन्त्री भएको बेला अगाडि बढेको थियो।त्यतिबेला सम्मपनि बाटो नजोडिएका कारण यस्को  लगानी कसले गर्ने भन्ने अश्चित थियो ।बाटो बनाउन ठेगदारलाइ दिएको भएतापनि वर्षौं झुल्याइ रहेका थिए । डा.महतलेनै बाटोको ठेक्का रद्द  गराएर आर्मीले टेकओभर गरेर बाटो जोडेपछि बल्ल  ठेक्का  लगाउने परिस्थिति निर्थिमाण भएको थियो।माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामलाई शुरु गर्न डा.महतको महत्वपुर्ण योगदान रहेको छ।उनि मन्त्रीहुदा आफ्नो क्षेत्राधिकार भित्र पर्ने थुप्रै महत्वपुर्ण काम गरेर बिकाशबादि छबि स्थापित गराइसकेका डा.महत नेपाली काँग्रेस पार्टीको केन्द्रीय सदस्य रहेर लामो समय काम गरिसकेकाछन।काँग्रेस नेता डा.महतले आफ्नो जीवनकोअधिकाँश समय काँग्रेस पार्टीको राजनीतिक सशक्तिकरण समृद्धिका लागि समर्पित गरेका छन् २०६० सालदेखि २०७३सालसम्म नेपाली कांग्रेसको निरन्तर केन्द्रीय सदस्य रहिसकेका डा.महतलाई ३०७३ सालमा सम्पन्न सो पार्टीको तेर्हौ महाधिबेशनपछि भने  सहमहामन्त्रीको भुमिकामा  रहेर जिम्मेवारी सम्हाल्दै आइरहेका छन्

राजनीतिक रुपमा शासनब्यबस्था परिवर्तनका लागि देशमा भएका बिभिन्न चरणका लोकतान्त्रिक आन्दोलनहरुमा सधैं अग्रपंतिमारहेर नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्बाह गर्दै आइरहेका डा.महत, नेपाली काँग्रेस पार्टीको एकमना सरकार काँग्रेस नेतृत्वकोसरकारमा पटकपटक मन्त्री समेत भइसकेका छन् नेपालको अर्थराजनीति परराष्ट्र नीतिको गहिरो अध्ययन गरेका काँग्रेस नेताडा.महत नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलनमा राख्न राष्ट्रिय अर्थतन्त्रलाई सवल बनाउन दख्खल राख्ने मात्र होइन सिद्धहस्त नैमानिन्छन्

आफ्नो जीवनको उर्जाशील उमेर बौद्धिक क्षमतालाई नेपाली काँग्रेसको राजनीतिक संगठन निर्माण, सशक्तिकरण स्तरीकरण(शिक्षा, ज्ञान, सीप अनुभवमा खर्चिएका डा.महतको ने.काँ.पार्टीलाई मजबुद बनाउन महत्वपूर्ण योगदान रहँदै आएको उनैडा.प्रकाश शरण महत नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा महामन्त्रीको सशक्त उम्मेदवार बनेर आम कार्यकर्ताहरुबाबीचमा उपस्थित हुँदै छन्  

नेपाली काँग्रेसमा लगाब, योगदान, भूमिका, अध्ययन, अनुभब क्षमताको आधारमा हेर्ने हो भने डा.महत पार्टी सभापतिको नेतृत्वलिनका लागि समेत काबिल ब्यक्तित्व हुन भन्ने कुरामा देशभरिका आम पार्टी कार्यकर्ताहरु एकमत रहेको पाइन्छ यद्यपि पार्टीभित्रउनीभन्दा वरिष्ठ(सिनियर) ब्यक्तित्वहरु भइरहेको अवस्थाका कारणले मात्र डा.प्रकाशशरण महत नेपाली काँग्रेसको महामन्त्री पदकालागि उम्मेदवार बन्न राजी भएका छन् ने.काँ.पार्टीमा सहमहामन्त्रीको भूमिका निर्वाह गरिरहेकाले पनि महामन्त्री पदमा उम्मेदवारीदिनुलाई स्वाभाविक दावी हो भन्ने मान्यता आम काँग्रेस जनहरुमा व्याकप रुपमा रहेको पाइन्छ यसैका आधारमा भन्नुपर्दा सालिन, भद्र बौद्धिक व्यक्तित्वका धनी डा.महतको नेपाली काँग्रेसको १४औं महाधिबेशनमा महामन्त्री पदमा जित प्रायः सुनिश्चित देखिन्छ

नेपाली काँग्रेसको १४औं महाधिबेशनमा बिभिन्न गुट उपगुटबाट महामन्त्री पदको दौडमा दर्जनौ  आकांक्षीहरु रहेका भए पनिडा.प्रकाश शरण महतले सभापति शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बन्ने निश्चित भएकाले उनले नै सो पदमा बाजी मार्नेदेखिन्छ यस मानेमा उनी नेपाली काँग्रेस पार्टीको १४औं महाधिवेशनका प्रभावशाली सशक्त उम्मेदवार मात्र नभएर्, अन्यआकांक्षीहरुसंग तुलना नै हुन नसक्ने व्यक्तित्व समेत हुन् उनको आवद्धता पाउने काँग्रेसको संस्थापन समूहले समेत गौरव गर्नेमहामन्त्रीका उम्मेदवार हुन् भन्दा अतिशयोक्ति नहोला।

नेपाली कांग्रेस १४ औं महाधिवेसनमा महामन्त्रीको बलियो खम्बाको रुपमा रहेका डा.महत पार्टीको सिद्धान्तप्रतिको निष्ठा, जिम्मेवारीप् प्रतिको इमान्दारिता, कामप्रतिको बफादारिता, पदीय गरीमाको परिपालक हुन् भन्ने कुरा आम काँग्रेस जनहरुमा घामजत्तिकै छर्लङ्ग भएकाले डा.महतप्रति तुलनात्मक रुपमा बढी नै आशा, भरोसा विश्वास पनि रहँदै भएको हुँदा उनको जितका लागिलोकसत्ता टीमको पनि अग्रिम शुभकामना