इटली युरो कप फुटबलको फाइनलमा

Soccer Football - Euro 2020 - Semi Final - Italy v Spain - Wembley Stadium, London, Britain - July 6, 2021 Italy players celebrate reaching the final after winning the penalty shoot-out Pool via REUTERS/Laurence Griffiths

एजेन्सी । इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा स्पेन चार दुई गोलले पराजित भयो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।

खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई एक एक गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अग्रता जोगाउन सकेन ।
टाइब्रेकरमा इटलीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले भने गोल गर्न सकेनन् ।

स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् । यो जितसँगै इटली उपाधि नजिक पुगेको छ । अब इटलीले उपाधिका लागि इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कको खेल आज राति पौने एक बजे वेम्बलीमा हुँदैछ ।