काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ‘ए वन’ को सेवा सप्ताहा (जुलाई १–जुलाई ७) अन्तर्गतका कार्यक्रमहरु सम्पन्न भएका छन् । उक्त कार्यक्रमहरु आर्थिक, सामाजिक र उत्पीडनमा परेकाको सेवाभावमा ओतप्रोत थिए । कार्यक्रम असार १७ गतेबाट सुरु भई २३ गते सम्पन्न भएको हो ।
कार्यक्रमको समापनसँगै २३ गते इम्प्याक्ट एरिया (१५) का ५३ वटा क्लबले संयुक्त रुपमा गोकर्ण स्थित “सुनौलो पाइला” नामक बालगृहलाई खाद्यान्न, सरसफाइ लगायतका सामग्री उपलब्ध गराएका थिए । सामग्री डिस्ट्रीक्ट गभर्नर रेवत कार्कीको प्रमुख आतिथ्यमा वितरण गरिएको कार्यक्रममा सक्रीय जोन चियर पर्सन लायन प्रदीप सत्यालले जानाकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर रेवत कार्कीले लायनको उदेश्य नै सेवा भएकाले लायनवादलाई आत्मसात गरेर निरन्तर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रम लायन लिडर सुदर्शन आचार्यको विशेष पहल र एरिया प्रवक्ता प्रेम चुडाल (निसान)को सक्रियतामा भएको थियो । कार्यक्रममा इम्पायक्ट चिफ रसु रिजाल र एरिया अन्तगर्तका क्लब प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । लायन लिडर आचार्यले सुनौलो पाइलामा लायनको यो पहिलो पाइला भएपनि अब अटुट सम्बन्ध स्थापित भएको बताए । उक्त अवसरमा सुनौलो पाइला नेपालकी अध्यक्ष रोज बिष्टले धन्यवाद ज्ञापन गर्दै अप्ठ्यारो परिस्थितिमा पनि लायन्सहरुको निरन्तर सक्रियताको खुलेर प्रशंसा गरेकी थिइन् ।