युरोकपमा डेनमार्कलाई पछि पार्दै इङल्यान्ड फाइनलमा

काठमाडौं । युरोकप २०२० फुटबल प्रतियोगिताको फाइनलमा इङल्यान्ड प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोलले पछिपार्दै इङल्यान्ड फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा समाप्त भएको । खेलको ३० औं मिनेटमा मिक्केल ड्याम्सगार्डले उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कलाई अग्रता दिलाएका थिए ।

तर इङल्यान्डले ३९ मिनेटमा नै खेल बराबरी गरेको थियो । बुकायो साकाको क्रसमा रहिम स्ट्रलिङले नजिकको दूरीबाट गोल गरेका थिए । घरेलु मैदान बिम्बलीमा अतिरिक्त समयको पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान ह्यारी केनले इङल्यान्डलाई जित हात पार्न सफल बनाएका हुन् । यसले इटलीसँगको भेट पक्का गरेको छ ।