बढीपहिरोको चपेटापछि निर्जीवन बीमा माग दाबी गर्नेको ओइरो

काठमाडौं । विभिन्न निर्जीवन बीमा कम्पनीमा गरी १ अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको बीमा माग दाबी गरिएको छ । वर्षायामसँगै आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ठूलो भौतिक क्षति पु¥याएपछि निर्जीवन बीमा कम्पनीहरुमा उक्त रकम बराबरको बीमा माग दाबी गर्नेको ओइरो लागेको हो ।

हालसम्म २० निर्जीवन बीमा कम्पनीमा सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ बीमा र विविध बीमा शीर्षकमा ३ सय ३१ बीमा माग दाबी गरिएको बीमा समितिले जनाएको छ । कुल बीमा माग दाबीमध्ये १४१ वटा सम्पत्ति बीमा माग दाबी रहेका छन् । त्यसका लागि ६९ करोड ३६ लाख ४६ हजार रुपियाँको माग दाबी भएको छ ।

३३ वटा मोटर बीमाका लागि चार करोड ४५ लाख ८७ हजार रुपैयाँ, ५ सामुद्रिक बीमाका लागि १९ लाख ८१ हजार रुपियाँको माग दाबी गरिएको छ । त्यस्तै छवटा कृषि बीमाका लागि एक करोड ६२ लाख ५१ हजार रुपियाँको बीमा माग दाबी भएको छ । पाँचवटा पशुपन्छी बीमाको एक करोड ५५ लाख ५१ हजार बीमा माग दाबी परेको छ ।

इन्जिनियरिङ बीमातर्फ बाढीपहिरोले क्षति पु¥याएका १०७ वटा निर्माणाधीन आयोजनाको बीमा बीमा बापत ९० करोड ७ लाख ३४ हजार रुपैयाँ माग दाबी गरिएको छ । त्यस्तै निर्माण सम्पन्न आठवटा आयोजनाको ११ करोड ७० लाख, १८ हेभी इक्विपमेन्टको आठ करोड ८४ लाख ३६ हजार रुपियाँ बराबरको बीमा माग दाबी भएको छ । अरु ६ वटा बीमा कम्पनीमा १ करोड ५३ लाख ३ हजार रुपैयाँ बराबरको बीमा दावी गरिएको बीमा समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।