देशभरबाट १८ सय ३१ कोरोना संक्रमित थपिए, जोखिम कायमै

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १८ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसाार ५५ सय ३५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३६ सय ८३ जना एन्टिजेन विधिबाट गरी कुल ९२ सय १८ जनाको परिक्षण गरिएको थियो ।

सोही अवधिमा थप १५ सय ३३ जना संक्रमणमुक्त भएका छन् ।  मन्त्रालयका अनुसार कोभिड–१९ बाट २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्र ३ सय ९१ जना संक्रमित थपिएका छन् ।  काठमाडौमा सबैभन्दा धेरै २ सय ८३ जना , भक्तपुरमा ३१ जना तथा ललितपुरमा ९७ जना कोराना संक्रमित थपिएका हुन् ।

अझै नेपाल कोरोना संक्रमणदर २२ दशमलब ३ प्रतिशत रहेकाले जोखिम कायमै रहेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा कोरोना भाइरस संक्रमणका कारुण ९ हजार ३ सय ८० जनाले ज्यान गुमाइसकेका छन् ।