सिंगापुरलाई पछि पार्दै नेपाल सेमिफाइनलमा

नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिंगापुरलाई ७ विकेटले पछि पार्दै विजेता बनेको हो । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १४ औं ओभरमा पुरा गर्यो ।

नेपालले चौथो ओभरमै ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो भने त्यसपछि ब्याटिङमा आएका अनिल साह १५ बलमा ३ चौकको मदतले १८ रन जोड्दै क्याच आउट भएका थिए ।

ओपनर सन्दिप सुनारले सर्वाधिक २० रनको योगदान दिँदा सुमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे । सिंगापुरका लागि अभि दीक्षितले २ तथा अंश भार्गभाले १ विकेट लिन पुगे ।