काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको भोटाहिटीमा नयाँ शाखा कार्यालय खोलेको छ । बैंकले असार २७ गतेबाट भोटाहिटी शाखा कार्यालय स्थापना गरेको हो । योे संगै काठमाडौं उपत्यकामा बैंकका शाखा संख्या २३ पुगेका छन् । काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष चिनियामान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा सम्पूर्ण सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष आचार्यले कोभिड प्रभावका बीच पनि हामीले भविष्यलाई मध्यनजर गरी शाखा विस्तारमा लागेको बताएका छन् । बैंकलै अहिलेसम्म १२८ वटा शाखा कार्यालय, १ वटा विस्तारित बैंकिङ् ग काउन्टर र ७० वटा एटिएम सेवामार्पmत सेवा दिँदै आएको छ ।
157
Shares