मुक्तिनाथ विकास बैंकले ऋणपत्र ल्याउने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बरारबारको ऋणपत्र जारी गर्दै छ । बैंकले ७ वर्षे अवधिका लागि साउन ७ गतेदेखि ऋणपत्र निष्काशन गर्न लागेको हो । ‘मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५’ नामक उक्त ऋणपत्रमा बार्षिक ८ दशमलब ७५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित कू्रल १२ लाख ५० हजार कित्तामा ७ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री हुनेछ । बाँकी ५ लाख कित्तामा सर्बसाधारणका लागि छुट्ट्याइएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई तोकिएको छ । ऋणपत्र खरिद गर्ने इच्छुक लगानीकर्ताले छिटोमा साउन ११ गते र ढिलोमा साउन २१ गतेसम्म आवेदन दिन पाउने छन् ।