पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नगरे पाँच विद्यार्थी संगठनद्वारा कार्यालय घेराउ

असार ३०, काडमाडौ । बुधबारदेखि देशभरका पेट्रोलपम्प, ढुवानी ट्याङ्कर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नगरिएको भन्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले कार्यक्रम घोषणा गरेका जानकारी पाइएको छन् ।

पाँच विद्यार्थी संगठनको केन्द्रीय नेतृत्वले नेपाल आयल निगमको थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि धर्नामा बसेको स्रोतले बताएका छन् । पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिइएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी )का उपाध्यक्ष सुरेन्द्र बस्नेतले गत आसार २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनबीचको वार्ता विफल भएपछि दोस्रो चरणको आन्दोलन प्रारम्भ भएको जानकारी दिएका छन् ।

नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं ) पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरूद्धको आन्दोलनमा संलग्न रहेका छन् ।