काठमाडौं । लक्ष्मी बैंक र माउण्ड रसुवा हाइड्रोपावरबीच कर्जा सुविधा सम्बन्धी सम्झौता भएको छ । गत असार ३० गते बैंक र कम्पनीबीच कर्जा सम्झौता भएको हो । बैकले आयोजना लागतको ७० प्रतिशत रकम दिने सम्झौतापत्रमा उल्लेख छ । बाँकी ३० प्रतिशत कम्पनीको स्व.लगानी इक्विटी रहनेछ ।
कम्पनीले लमजुङको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजना निर्माण गर्ने छ । उक्त आयोजनाको निर्माण लागत २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धी २०७५ साल माघ ७ गते सम्झौता भएको हो ।
उक्त आयोजना निर्माणको लागि ऊर्जा मन्त्रालयबाट २०७७ साल कार्तिक ३ गते विद्युत उत्पादन अनुमति प्राप्त गरिसकेको छ । सो कम्पनीका अध्यक्ष राजेन्द्रराज आचार्य हुन् । कम्पनीलाई रसुवा कन्स्ट्रकशनलगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन् । माउण्ट रसुवा हाइड्रोपावरले उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको झण्डै ८३.१७ गेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ ।