माछापुच्छ्रे बैंकको ऋणपत्र बिक्री खुल्ला

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विहीबारबाट ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले साउन ४ गतेसम्म ऋणपत्र जारी गर्ने छ । बैंकले कुल तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको हो । २०८७ सालमा परिपक्व हुने ऋणपत्रको वार्षिक ब्याज दर साढे ८ प्रतिशत रहेको छ । ब्याज प्रत्येक ६÷६ महिनामा भुक्तानी हुने छ ।

बैंकले यसअघि २०८५ सालमा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो । तीन अर्बको त्यो ऋणपत्रको ब्याज दर १० दशमलब २५ प्रतिशत रहेको छ । बैंकको ३ अर्ब रुपैयाँ अर्थात् तीन लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई दिइने छ । बाँकी प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ । अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्र कम्तिमा २५ कित्ता किन्नुपर्ने हुन्छ । बढीमा ५ लाख कित्ताका लागि आवेदन दिन पाइने छ ।