काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो बिराएको अर्थतन्त्रलाई लयमा फर्काउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । उक्त प्रतिवद्धता नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग बिहीबार सिंहदरवारमा भएको भेटघाटमा प्रधानमन्त्री देउवाले सरकारले कोरोनाले थलिएको अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास गर्ने बताएका हुन् ।
सो भेटघाटमा कोरोनाले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव र सुधारका विषयमा नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग छलफल भएको थियो । प्रधानमन्त्रीलाई भेट्ने महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको टोली सिंहदरवार गएको थियो ।
234
Shares