काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक व्यवस्था विपरित काम भएको आरोप लगाएका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकूल हुने काम राष्ट्रपतिबाट भएको बताएका हुन् ।
महान्यायाधिवक्ताको शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था भएको उनको भनाइ थियो । सरकारकोे कानूनी सल्लाहकारको रूपमा राष्ट्रपति समक्ष प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने चलन रहेकोमा राष्ट्रपतिले त्यसो नगरेको खातीको आरोप छ । महान्याधिवक्ता खातीले आइपर्ने चुनौति पार गर्दै सेवाग्राहीका समस्या समाधान गरिने बताए ।पति
162
Shares