निषेधाज्ञमा थन्किएर बसेका सार्वजनिक सवारीको बीमा शुल्क छुट

काठमाडौं । बीमा समितिले निषेधाज्ञामा थन्किएर बसेका सर्वजानिक सवारी साधनहरूको बीमा शुल्कमा छुट दिन निर्जीवन बीमा कम्पनीहरुलाई सुझाव दिएको । समितिले सार्वजनिक यात्रु वाहक सवारी साधनको हकमा थन्किएको अवधि गणना गर्दा निषेधाज्ञा शुरु भएको मितिदेखि लिने नेपाल सरकारबाट लकडाउन हटाएको समयसम्म कायम गर्ने व्यवस्था मिलाउन सुझाव दिएको हो।

सार्वजनिक सवारी साधनको कुल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक रकममा छुट दिने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ । कुल बीमा शुल्कको हिसाब गर्दा तेस्रो पक्ष यात्रु, कर्मचारीको बीमा लगायत जोखिम समहुको समेत हिसाब गर्नुपर्नेछ ।

यस्तै सार्वजनिक सवारी साधन बीमाको नविकरण बीमा शुल्कमा समायोजन गर्ने र अन्यत्र बीमकसँग नविकरण हुने अवस्थामा बीमितको पहलमा बीमा कम्पनीले छुट रकमको प्रमाणपत्र दिन सुझाएको छ । तर चालु बीमा अवधीमा दाबी परिसकेको सवारी साधानको हकमा भने थन्किएको अवधीको लागि छुट लागू नहुने समितिद्वारा जारी विज्ञप्तिमार्फत् जनाएको छ ।