काठमाडौं । चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ मिर्गौला सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएकी छन् । हास्य टेलिश्रृखंला मार्फत सबैलाई हँसाउन सफल कलाकार पल्पसा डंगोल चम्सुरी आफैं बिरामी भएर अस्पताल भर्ना भएकी हुन् ।
दुवै मिर्गौलामा समस्या देखिएपछि उनी महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । उनलाई केहीदिन अगाडि स्वास्थ्यमा देखिएपछि अस्पताल लगिएको थियो । परीक्षणपछि मिर्गौला सम्बन्धी समस्या देखिएको कलाकार दीपाश्री निरौलाले जनाएकी हुन् ।
118
Shares