लहान, भदौ ३० । जिल्ला प्रहरी कार्यालय सिरहाले स्थानीय तहको निर्वाचनका लागि सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील रहेको बताएको छ ।
जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९ वटा मतदानस्थल अतिसंवेदनशील र ८४ वटा संवेदनशील रहेका बताउँदै सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले २६ वटा मतदानस्थल मात्र सामान्य अवस्थामा रहेका जानकारी गराए ।
स्थानीय तहको तेश्रो चरण अन्तर्गत यही असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लाका हरेक मतदानस्थलमा उच्च सुरक्षाको व्यवस्था गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी गराए ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार भारतीय सीमासँग जोडिएका स्थानमा रहेका मतदानस्थलमा हुनसक्ने आपराधिक तथा उशृंखल कार्य रोक्नका लागि विशेष सुरक्षा योजना अवलम्बन गरिएको बताएका छन् ।
0
Shares