काठमाडौं । मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रममा आक्रमण भएको छ । नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको कार्यक्रम स्थलमा तोडफोड भएको हो । उक्त विस्तारित बैठक उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय बोलाइएको थियो ।
बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जनएका छन् । गौतमले कसले तोडफोड गर्याे भन्ने यकिने नभएको बताए । कार्यक्रम १२ बजेसुरु गर्ने तयारी थियो । तर अज्ञात समूहले ११ बजे नै कार्यक्रमस्थलमा तोडफोड गरेका थिए ।
ओली समूहले माधवकुमार नेपाल पक्षले तोडफोड गरेको हुनसक्ने आशंका गरेको छ । तर माधव समूहका नगर अध्यक्ष गंगा बास्तोलाले ओली समूह भित्रकै असन्तुष्ट पक्षले तोडफोड गरेको हुन सक्ने बताए ।
126
Shares