एनआरएन राष्ट्रिय परिषद् दक्षिण कोरिया : सचिव पदमा भट्टराई

एजेन्सी । आसन्न गैर आवासीय नेपाली संघ (एनआरएन), राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा हरिप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन् । संघको चुनाव जुलाई २४ र २५ तारिखमा सम्पन्न हुन गइरहेको छ ।   भट्टराई सामाजिक सञ्चामार्फत सम्पन्न हुने एनआरएन राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सचिव पदको उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन् ।

भट्टराई यो चुनावमा सचिवका बलिया उम्मेदवार ठानिएको पर्यवेक्षकहरुको आँकलन छ ।   त्यसकारण पनि भट्टराई देखिएका प्रतिस्पर्धी अगाडि भारीमत अन्तरले विजयी हुने निश्चित भएको भुक्तभोगीहर बताउँछन् । भट्टराईले नेपालमा रहँदा पनि विभिन्न सामाजिक संघ संस्था तथा मानव अधिकारवादी संस्थाहरुमा रही स्वयंसेबकको भूमिका निर्वाह गर्ने गरेको बताउँछन् । भट्टराई सन् २०१२ मा कोरिया छिरेका हुन् ।

कोरियामा उनले निरन्तर अध्ययनसँगै अन्य धेरै संघर्षका कामहरु गरेका छन् । अध्ययन पुरा गरिसकेपछि हाल उनी जनबुक बंैक सुवनको नेपाली डेस्क प्रमुखको रुपमा कार्यरत छन् । व्यवसायिक जिम्मेवारीसँगै कोरियामा रहँदा नेपालीहरुलाई आइपर्ने समस्या समाधानको लागि सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् ।

कोरियामा रहँदा पर्ने व्यवहारिक समस्याहरु जस्तो बैंकिङ सेवा, भाषा अनुवाद, आर्थिक सहयोग गर्ने गरेका छन् । यसरी भट्टराईले आफ्नो व्यक्तिगत अनुभव, सीप, क्षमतालाई संस्थागत रुपमा उपयोग गर्ने उपयुक्त थलो एनआरएनलाई ठानी राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा उमेदवारी दिएको बताएका छन् ।

सालिन, बौद्धिक र सामाजिक भावले भरिपूर्ण भट्टराईले कोरियामा बसोबास गर्ने आम नेपाली समुदाय, दाजुभाइ, दिदीबहिनीलाई भोट दिन नम्र निवेदन गर्दै “थोरै बोलौ धेरौ गरौ, सबैले मान्ने ‘एनआरएन’ बनाऔं” भन्ने मूल नाराका साथ चुनावी मैदानमा ओर्लिएको बताएका छन् । यसरी ५ वटा मूल एजेन्डा बोकेर आएका उनले अहिलेकोे एनआरएन कोरियाले विद्यार्थी र श्रमिकलाई उपेक्षा गरेको बताउँछन् ।

त्यसकारण आफू ती विद्यार्थी र श्रमिकको पक्षमा सदैब उभिने साथै एनआरएन कोरियालाई विश्वकै उत्कृष्ट बनाउन लागिपर्ने सचिव उम्मेदवार भट्टराई बताउँछन् । आफू कार्यरत बैंकसँग समन्वय गरी नेपालीहरुको लागि सेल्टर (महिलाको लागि छुट्टै) व्यवस्था गर्न पहल गर्ने । कोरियामा रहेका नेपालीहरुमाझ नेपालमा लगानीमैत्री कार्यक्रमको लागि पहल गर्ने ।

त्यसैगरी कोरियाका विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी नेपालीहरुको संस्कार, संस्कृति र परम्परा झल्किने बहुसांस्कृतिक (हिन्दू तथा बुद्धिस्ट) स्थापनाको लागि पहल गर्ने, नेपालीहरुको लागि आपतकालीन राहतकोष स्थापना गर्न पहल गर्ने र एनएआरएनए कल सेन्टर तथा नेपाली स्कूललाई अझ व्यवस्थित र परिस्कृत गर्दै निरन्तरताको लागि पहल गर्नेलगायतका एजेन्डा भट्टराईका प्राथमिकतामा छन् ।

माथि उल्लेखित विषय आफ्नो मूल एजेन्डा रहेको बताउँदै उनले अब एनआरएन कोरिया कहिल्यै राम्रो हुन नसक्ने समेत बताए ।  भट्टराई जोसँग पनि मिल्न सक्ने र सामाजिक काम भने पछि दिनरात नभनी लागिपर्ने हुँदा उनलाई कोरियामा भएका सबै नेपालीहरुले अत्यधिक मत दिएर बिजयी गराउनेमा आफूहरु ढुक्क रहेको कोरियामा रहेका नेपाली समूदायका जानकाररु बताउँछन् ।

त्यसकारण पनि भट्टराईको जित सुनिश्चित छ भन्न सकिन्छ । किन पनि भने भट्टराई व्यक्तिगत फाइदाभन्दा सामाजिक काममा बढी जोड दिने व्यक्ति भनेर कोरिवासी नेपाली बताउँछन् ।