काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तियविवरण सार्वजनिकगर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम गरेको हो ।
यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८७ करोड रहेको छ भने जगेडा कोषहरुमा ४६ प्रतिशतको वृद्धिदर सहित १ अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड कहरको अप्ठ्यारो परिस्थितिको सामना गर्दै बैंकले निक्षेपमा ४२ प्रतिशत वृद्धिदर कायम गरेको छ । योसहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत वृद्धिदर सहित ३५ अर्ब ९१ करोड पुगेको छ ।
बैंकले कर पश्चातको खुदनाफामा ४८ प्रतिशतको वृद्धिदर हासीलगर्दै १ अर्ब ६६ लाख आर्जन गरेको छ । योसँगै बैंकले एक अर्ब भन्दाबढी नाफा आर्जन गर्ने वित्तिय संस्थाहरुको रुपमा स्थापित भएको छ । बैंकले यस आ.व. मा मात्र रु १ अर्ब ७४ करोड खुदब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिकवर्षको तुलनामा ५८ प्रतिशतले बढी रहेको हो ।
पछिल्ला वर्षहरुमा बैंककोशाखा बिस्तार, व्यवसाय तथा वित्तियआकारमा व्यापक वृद्धि देखिएको छ । पछिल्लो तिनवर्षको वित्तियविवरण विश्लेषण गर्र्दा बैंकको वासलातमा २२७ प्रतिशत, शेयर पूँजीमा १७६ प्रतिशत, कर्जा लगानीमा १९० प्रतिशत, निक्षेप संकलनमा २३२ प्रतिशत र नाफामा २१० प्रतिशतको वृद्धिदर देखिएको छ ।
बैंकमा हाल देशभरिका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ–संस्थाहरु गरी करिब १४ हजार सदस्यहरु रहेका छन् । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखाकार्यालयमार्फत आफ्ना सदस्यहरुलाई सेवादिई रहेको छ । सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धन, विकास एवम् बैंकिंग कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक भएकाले पनिआफ्ना सदस्य सहकारी संघसंस्थाहरुलाई दिने सेवामा सधै अब्बल रहने भन्दै सदस्यलाई दिने सेवामाकुनै कमी हुन नदिएकोले सोको सकरात्मकप्रभाव बैंकको व्यवसायमा परेको अध्यक्ष के.बी उप्रेतीले बताए ।
बैँकको वर्तमान सञ्चालक समितिको कार्यकालभित्रै एक खर्बको वित्तीय अवस्था कायम गर्ने लक्ष्य निर्धारण गरिएको र सहकरी क्षेत्रमा प्रविधिमैत्री सेवाउपलब्ध गराउने गरी बैँक अघि बढेको समेत उप्रेतीले जानकारी दिए । बैंकले पछिल्लो तिनवर्ष लगातार १५ प्रतिशतले लाभाशं वितरण गर्दै शेयर सदस्यहरुको लगानीमा आकर्षक प्रतिफल प्रदान गरेको छ ।
बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ–संस्थाहरुलाई सहकारी ऐनको व्यवस्थाअनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघ÷संस्थाहरुलाई संरक्षित पूँजीफिर्ता कोषबाट रकम समेत वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जारी विज्ञप्तिमा जनाएका छन् ।