काठमाडौं । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ । घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्बन्धी सम्झौता भएको हो ।
गत साउन ८ गते डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अन्तर्गत क्रिकेट संघले आयोजना गरेको पीएम कप तथा मेयरर्स कपका महिला÷पुरुष गरी ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।
आगामी दिनमा नेपाल क्रिकेट संघद्वारा आयोजित सम्पूर्ण प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुने बताइएको छ ।
क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले यो सम्झौतापछि क्रिकेटप्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष रुपमा सजिलै हेर्न पाउने छन्, जसको कारण क्रिकेटको लोकप्रियतालाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।