काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।
जिल्लाभर निषेधाज्ञा तोकिए पनि नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।
132
Shares