ज्योति विकास बैंक लिमिटेडले गत शुक्रबार अर्थात साउन ८ गते ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले असार २० गतेदेखि ३० गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘ज्योति विकास बैंक बण्ड २०८७’ बाँडफाँट गरेको हो । बैंकले प्रतिकित्ता १००० अंकित मूल्यका १५ लाख कित्ता बिक्री गरेको थियो ।
जसमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट र ६ लाख कित्ता बिक्री गरेको थियो । बाँडफाँट सम्बन्धी विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित मेरोशेयर वेबसाइटबाट हेर्न सकिनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
140
Shares