काठमाडौँ । ओलम्पिक खेलकुदमा नेपालका पौडी खेलाडी एलेक्स शाहले आफ्नै राष्ट्रिय कीर्तिमान भंग गरेका छन् । पुरुष १०० मिटर फ्रिस्टाइलमा उनी आफ्नो हिटमा पहिलो भएपनि अर्को चरणमा भने पुग्न सकेनन् । शाह निर्धारित दूरी ५३ दशमलव ४१ सेकेण्डमा पूरा गर्दै आफ्नो हिटमा पहिलो भए ।
यसअघि उनको नाममा ५४ दशमलव १३ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । शाहले सो कीर्तिमान नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा बनाएका थिए । शाह सहभागी हिटमा कोसोभोका खेलाडी दोस्रो, प्यालेस्टाइनका तेस्रो, गुएनाका चांैथो, भुटानका पाँचौ, माल्दिभ्सका छैटौँ र सोलोमन आइल्यान्डका खेलाडी सातौँ भए । पुरुष १०० मिटर फ्रिस्टाइलमा ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका शाह ५९औँ स्थानमा रहे । पौडीकी अर्की खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा आज प्रतिस्पर्धा गर्नेछिन् ।