काठमाडौं, असोज १ । बाढीपीडितका लागि वृहस्पति विद्या सदनका शिक्षक र कर्मचारीले एक दिनको तलब दिएका छन् । उनीहरुले तलब काटेर जम्मा गरेको १ लाख रुपैयाँ आइतबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गराएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विद्यालयकातर्फबाट डाइरेक्टर प्रविनराज जोशी, प्रिन्सिपल सुमन थिङ, मिडिया संयोजक डोल्मा लामा, इसीए इन्जार्च असिम थापाको टोलीले १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
वृहस्पतिका विद्यार्थीहरुले साउन अन्तिम साता आएको बाढीले प्रभावित भएकाहरुको लागि खाद्यान्न तथा लत्ताकपडा संकलन गरि पठाएका थिए । सहयोगी हातहरु अगाडि बढाउँदै आएको उक्त विद्यालयले काठमाडौंको कलंकीमा बाढीका कारण ढलमा डुबेकी छात्रा सत्या सापकोटालाई पनि १ लाख रुपैयाँ सहयोग गरेको थियो ।
0
Shares