एजेन्सी । भुटानले ९० प्रतिशत नागरिकलाई एक हप्ताभित्रै कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । खोप लगाउन योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकलाई भुटानले कोरोनािविरुद्धको खोप लगाएको छ ।
उनीहरू सबैलाई दोस्रो मात्रा खोप दिइएको हो । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफले भुटानमा तीव्र गतिमा खोप कार्यक्रम सञ्चालनमा ल्याइरहेका छन् । उक्त खोप कार्यक्रमलाई सफलताको आशाको किरण भएको जनाएको छ ।
113
Shares