–कृष्ण बहादुर थापा
काठमाडौं । भुटानले नेपाललाई तीन लाख डोज एस्ट्राजेनेका खोप दिने भएको छ । भुटानले आफ्ना देशका लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई एस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।
भुटानले दिने खोप मध्य अगस्टसम्म नेपाल आइपुग्ने छ । सो खोप फागुनमा पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोजका रुपमा दिन सकिने छ । आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले जनाएको छ ।
भुटानबाट खोप ल्याउने सम्बन्धमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा पनि छलफल भएको थियो ।
123
Shares