एजेन्सी । म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् । गत फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो ।
यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ । विरोधकैबीच ६ महिनापछि सैन्य नेता मिन अंग हलाङ्गले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री घोषणा गरेका हुन् । उनले सन् २०२३ सम्म चुनाव गराउने घोषणा गरेका छन् ।
स्वतन्त्र र निष्पक्ष बहुदलीय चुनाव गराउन देशमा स्थिरता कायम गर्नु पर्ने उनले बताए । यसअघिको चुनावमा धाँधली भएको भन्दै विरोध गर्दै आएको सेनाले सुकी नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो ।
101
Shares