अफगानिस्तानमा रक्षा मन्त्रीको घरमा आक्रमण, चार जना मारिए

एजेन्सी । अफगानिस्तानमा रक्षा मन्त्रीको घरमा हतियारधारीले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको हो ।

आक्रमणका बेला मन्त्री बिस्मिल्लाह घरमा थिएनन् । मंगलबार बन्दुकधारीले बिस्मिल्लाहको घरमा कार बम बिस्फोट गराउनुका साथै गोली प्रहार गरेका थिए । मन्त्री बिस्मिल्लाहको परिवारलाई सुरक्षित रुपमा त्यहाँबाट निकालिएको र आक्रमणकारीहरु मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले तत्काल हिंसा अन्त्य गर्न दुवै पक्षलाई आह्वान गरेको छ ।