सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दै

sf7df8f}F, !( ;fpg M ;Qf?9 bnsf] sfo{bn a}7s k|wfgdGqL lgjf; afn'jf6f/df ;Qf?9 bnsf] ;f]daf/ a;]sf] sfo{bnsf] a}7s . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बालुवाटारमा बस्ने र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी भइरहेको छ । अन्तिम टुंगो लगाउन केहीबेरमा बैठक बस्न लागेको हो ।

कांग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित कार्यदलले मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि लगायतका विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको छ । कार्यदलले अन्तिम प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी नेताहरुको छ ।

बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं संयोजक पूर्णबहादुर खड्का, डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी हुने बताइएको छ ।