एमालेको विरोधपछि भरतपुरमा मतगणना रोकियो

चितवन/जेठ १, स्वस्तिक छापका विषयमा विवाद हुँदा चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा एमालेका प्रतिनिधिहरुले विरोध जनाएका हुन् ।
यसअघि त्यस्तै अरू छापलाई सदर गरेको तर अहिले सूर्यको छापलाई बदर गरिएको उनीहरूको आरोप छ। उनीहरूको विरोधपछि चितवनका सिडिओ, प्रहरी प्रमुख, मुख्य निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बस्दै छ।