खप्तड लघुवित्त आईपीओ खुल्यो

काठमाडौँ। खप्तड लघुवित्त वित्तीय संस्थाको १ लाख ३२ हजार कित्ता आइपिओ आज (भदौ ८ गते)देखि बिक्री खुल्ला भएको छ।  कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपिओ बिक्रीमा ल्याएको हो।

कम्पनीले जारी गरेको आइपिओमध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सक्छन्। केयर रेटिङ नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।